काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ। बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हो।
बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो । यो वार्ष भने लाभांश दर घटेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।