Monday, June 17Nepal News Portal
Shadow

सुन व्यवसायी माथि कैलालीमा गोली प्रहार


काठमाडौं । कैलालीको अत्तरियामा गोली चलि घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको छ।

मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिएका छन्।

सुनारमाथि दुईवटा गोली लागेको र उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

गोली लागेका विकासको अवस्था सामान्य रहेको र उनलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको प्रहरिले बताएका छन्।

 

Total Page Visits: 271 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्