काठमाडौं । १० औं नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरू हुने कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको हो।
फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।
लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरूको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरूसँग जोड्न पाउँदा आफूहरूलाई पनि खुशी लागेको बताएका छन्।
फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरू पनि सहभागी हुनेछन्।
नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरू समेत सहभागी हुनेछन्।