Sunday, October 13Nepal News Portal
Shadow

५ महिनामा ५ हजार ६४४ उद्योगमा ४ खर्ब ३१ अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ५ महिनामा ठूला, मझौला तथा साना गरी ५ हजार ६४४ उद्योगमा ४ खर्ब ७१ अर्ब ३१ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । उद्योग विभागले उक्त अवधिमा आएको विदेशी लगानी प्रस्ताव स्वीकृत गरिसकेको छ । प्रस्तावित वैदेशिक लगानीबाट २ लाख ९८ हजार ६२९ जनालाई रोजगारी दिन सकिने पनि उल्लेख छ ।

विभागका अनुसार ५ महिनाको अवधिमा सूचना, प्रविधिमूलक उद्योगमा १२४ वटा प्रस्ताव आएका छन् भने पूर्वाधार उद्योगमा ५५ वटा प्रस्ताव आएका छन् । सेवामूलक उद्योगमा एक हजार ८७३ वटा प्रस्ताव आएका छन् ।

खनिजमूलक उद्योगमा ७२ प्रस्ताव, पर्यटनमूलक उद्योगमा १ हजार ८६३ वटा प्रस्ताव, कृषिमूलक उद्योगमा २९५ वटा प्रस्ताव, ऊर्जामूलक उद्योगमा ९१ वटा प्रस्ताव र उत्पादनमूलक उद्योगमा १ हजार २७१ वटा प्रस्ताव आएको विभागले जनाएको छ ।

मंसिरमा मात्र १६ वटा उद्योगमा वैदेशिक लगानी प्रस्ताव आएको छ । विभागले ती प्रस्तावलाई स्वीकृति पनि दिइसकेको छ । मंसिर महिनामा पर्यटनमूलक उद्योगमा आठवटा प्रस्ताव आएका छन् भने सेवामूलक उद्योगमा ६ वटा प्रस्ताव आएका छन् ।

त्यस्तै, उत्पादनमूलक उद्योगमा दुईवटा प्रस्ताव आएका छन् । यी उद्योगबाहेक पूर्वाधार, सूचनाप्रविधि, खनिजमूलक, कृषिमूलक र ऊर्जामूलक उद्योगमा भने प्रस्ताव आएका छैनन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्