Tuesday, February 20Nepal News Portal
Shadow

हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा


काठमाडौं । गत मंसिरदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । गत मंसिरको पहिलो साताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि–फिल्टर फ्यान, विद्युतीय मोटरलगायतका उपकरण बिग्रिएर उत्पादन बन्द भएको थियो । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद गरेर ल्याई जडान गरेर सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

नेपाल सरकारले २०३२ सालमा स्थापना गरेको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मंसिरदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गर्दैआएको हो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ ।

हेटौंडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौंडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो ।

सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौंडालगायत काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायतका सहरमा बिक्र हुने गर्दछ ।

Total Page Visits: 272 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्