काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पाएका छन् । संघका अध्यक्ष अनिलकुमार उपाध्यायको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको समय अवधि सकिएपछि अध्यक्षबाट पनि राजिनामा दिएका हुन् । अध्यक्षको कार्यकाल सकिएसँगै बैंकर्स संघका वर्तमान उपाध्यक्ष केसीले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
केसीले अर्को अध्यक्ष चयन नभएसम्मका लागि कार्यवाहक अध्यक्षको रूपमा काम गर्ने छन् । शुक्रबार बसेको संघको बैठकले केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्यायको कृषि विकास बैंकको कार्यकाल नविकरण नहुने भएपछि संघको अध्यक्षबाट बाहिरिएका हुन् ।