काठमाडौं, १४ मंसिरस (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार (आज) थप १२ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको जनाए ।
देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ ।
२४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।