Monday, February 10Nepal News Portal
Shadow

भारतबाट ५० हजार टन गहुँ नेपाल ल्याउन भारत सरकारले दियो अनुमति


काटमाडौं । नेपाललाई ५० हजार टन गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ।

भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्म सो परिमाणको गहुँ निर्यात गर्ने अनुमति दिएको हो।

गहुँ आयात अनुमतिका लागि महानिर्देशनालयबाट शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी आएको मन्त्रालयले जानकारी दिएको छ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको ६ महिना पुगिसकेको छ।

भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले जेठ १ गते सूचना जारी गर्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो।

रूस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा संकटको संकेत देखिएको भन्दै यस्तो प्रतिबन्ध लगाएको हो।

खासगरी बिस्कुट, पाउरोटी, कुकिज र बेकरीजन्य उद्योगहरूमा चिनी र गहुँ दुबै अति आवश्यक मानिन्छ।

औद्योगिक प्रयोजनका लागि आवश्यक चिनी तथा गहुँ छिमेकी मुलुक भारतबाट आयात थियो तर, गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएपछि भारत सरकारले नेपालका लागि कोटा तोकिदिएको छ।

गहुँ चोरी भएर भित्रिँदा महँगो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थियो।

नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्