Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
उपाध्यक्ष ढकाल भन्छन् : व्यवसायीप्रतिको सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउँछ – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

उपाध्यक्ष ढकाल भन्छन् : व्यवसायीप्रतिको सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउँछ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।

नेपाल निर्यात परिषद्को २५औं वार्षिक साधारणसभा तथा ७औं निर्यात दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने ढकालले बताएका छन्।

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरूलाई सिआइपी सम्मान दिन सुरू गरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरेका हुन्।

उपाध्यक्ष ढकालले भने हाम्रो लामो र अथक प्रयास पछि नेपाल सरकारले व्यवसायीहरूलाई सिआइपी सम्मान दिन सुरू गरेको थियो। तर हाल त्यो पुनः स्थगित छ,’ उनले भने, जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरैभन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?

आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रमा हुने चुनावी साधारणसभातर्फ इन्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरूका विषयको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दिएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्