काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स संघको उपाध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न बैंकर्स संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो ।
उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए । अनिल उपाध्यायको कार्यकाल सकिएपछि एनएमबि बैंकका सीईओसमेत रहेका संघका उपाध्यक्ष सुनिल केसी अध्यक्ष बनेका छन् । केसि अध्यक्ष बनेपछि कोइराला उपाध्यक्ष चयन भएका हुन् ।