Sunday, April 20Nepal News Portal
Shadow

जिल्ला प्रशासन कार्यालय बाराले क्रसर उद्योग बन्द गर्ने


काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । दर्ता नगरी नवीकरण तथा संचालन अनुमति नलिई कानुन विपरित जिल्ला भित्र संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरू बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

विभिन्न आयोजना विकास तथा निमार्णको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा डुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगरनिर्माण व्यवसायीले आयोजना सम्पन्न भए पछि पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको सूचना विपरित कोही कसैबाट उत्खनन तथा दोहन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेताजनी समेत दिइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्