काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरू मर्जरमा गएर ऋणीलाई केही फाइदा नहुुने बताएका छन् । उनले अब सबै बैंक मिलेर एकै ठाउँ बसेर ब्याज घटाउने र ब्याज बढाउने निर्णय गर्नु प्रतिस्पर्धीको अन्त्य भएको बताए ।
उनले भनेका छन्, ‘हिजो बैंक वित्तीय संस्था खोल्ने इजाजत दिँदा उपभोक्ताले छानी–छानी सेवा लिँदा सस्तो हुन्थ्यो । बैंकहरूले दाम पनि नाम पनि कमाए । अब राजस्वबाट सहयोग गर्दै मर्जर ? नियमन निकायको नियमन क्षमता अपूर्ण कि हामी अभागी ऋणीको पूर्व जन्मको कर्मको फल हो ? कराएर मात्र बन्दो रहेनछ काम ।’
उनले बैंकहरूले ब्याज घटाउने नाटक गरेको उनको भनाइ छ ।