Sunday, December 3Nepal News Portal
Shadow

चिनियाँ रक्षामन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे


काठमाडौं, १४ मंसिर (ससं)। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनको प्रधानमन्त्री ओलीसँग भेट सकेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। उनले शितलनिवासमा राष्ट्रपतिसँग पनि भेट गर्नेछन्।

साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम रहेको छ।

Total Page Visits: 584 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्