Friday, October 11Nepal News Portal
Shadow

शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालन गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता


काठमाडौं । चितवनका उद्योगीहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी आफूहरूले उद्योग सञ्चालन गर्दा भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा छलफल भएको हो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानकालागि सुझावहरु सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए ।

जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । लामिछानेले आफूलाई चितवनका जनताले दिएको मतको कदर गर्दै आफूले उद्योगीहरुको समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य लिएको समेत बताए । उनले शक्तिखोर औद्योगिक क्षेत्र विशेष प्राथमिकतामा राखेकोले आफ्नो कार्यकालमा यसको सञ्चालनको लागि आफू पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कालिका नगरपालिकामा डीपीआर र ईआईए समेत भई अगाडि बढिरहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफूहरुले अगाडि देखिनै चासो दिँदै आएको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्