काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.० प्रतिशतको वृद्धि भयको छ। अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार पहिलो ५ महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।