Friday, January 24Nepal News Portal
Shadow

धनकुटामा आगो लाग्दा ४९ लाखको क्षति


 

काठमाडौं। गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको अगलागीमा ४९ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन्।

आगलागीबाट राईको दुई तोला सुन र नगद दुई लाखसहित ३७ लाख रूपैयाँ र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित पाँच लाख रूपैयाँ बराबरको छतको संरचना नष्ट भएको छ।

त्यस्तै झमक थापाको दुई तोला सुन र ७० हजार रूपैयाँ नगदसहित पाँच लाख रूपैयाँ, अर्जुन घिमिरेको एक लाख रूपैयाँ र डम्बर थापाको ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्षले जानकारी दिएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्