Wednesday, February 21Nepal News Portal
Shadow

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आथिक वर्ष (आव) २०७८/०७९ को सातौं वार्षिक साधारण सभा भएकोे छ । सो सभा शुक्रबार हेटौंडा स्थित होटल सामनामा सम्पन्न भएको थियो ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा (आव) २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गरेको हो ।

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

उक्त सभाबाट आव २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आव २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरिएको थियो ।

Total Page Visits: 223 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्