Thursday, December 7Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा १६४ औं पटक रक्तदान


दोलखा, १४ मंसिर (ससं) । नेपाली कांग्रेसका नेता स्व. भिम बहादुर तमाङ्गको ८ औं स्मृति दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६४ औं पटक रक्तदान गरेका छन् । नेपाल यातायात मजदुर संघको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा कर्माचार्यले १६४ पटक रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले पछिल्लो समय कोभिड–१९ को कारणले गर्दा रगत अभाव हुँदै गएको भन्दै त्यसलाई समाधानका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन् । उनले योभन्दा अगाडि नेपालमा सबैभन्दा बढी रक्तदान गरेर कीर्तिमान कायम गरिसकेका छन् ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

नेपाली काँग्रेस दोलखा जिल्ला कार्यालयको प्राङ्गणमा आयोजित बिशेष रक्तदान कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी रहेका थिए ।

त्यस्तै अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा अध्यक्ष श्याम गौतम थिए ।

उक्त कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई १६४ औं पटक रक्तदान गरेका स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा प्रमाण–पत्र बितरण गरिएको थियो ।

Total Page Visits: 743 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्