Sunday, October 13Nepal News Portal
Shadow

वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको पहिलो निर्णय


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । उनले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मन्त्री भण्डारीले गत पुस १० गते मन्त्रीको शपथ लिएका थिए । उनी मंगलबार कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए । मन्त्रालयमा मन्त्री भण्डारीलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गरेका थिए ।

कार्यभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगधन्दाको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने मन्त्री भण्डारीको भनाइ थियो । यसका लागि रुग्ण उद्योगको पुनःस्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ध्यान दिइने उनले उल्लेख गरे ।

आजको निर्णय प्रदेश सरकारका सम्बद्ध मन्त्रालयमा सुझावका लागि पठाइने र प्रदेशबाट प्राप्त सुझावलाई समेत समेटेर उक्त नीतिलाई अन्तिमरुप दिइने मन्त्रालयले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्