Thursday, March 13Nepal News Portal
Shadow

एनआइसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट दिने व्यवस्था


काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा छुट पाउने व्यवस्था गरिएको छ।

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको बैंकले क्यान्सर सेन्टरसँग समझदारी गरेको जानकारी गराएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफस्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले यो छुट सुविधा लिन पाउने छन्।

त्यस्तै बैंकको मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रीडी सिआरटी, आइएमआरटी, भिम्याट, पालियाटिभ केयर र टिबिआइ (टोटल बडी रेडिएसन) उपचारमा ५र५ प्रतिशत छुट पाउने छन्। अस्पतालले उपलब्ध गराउने अरू जुनसुकै सेवामा भने १० प्रतिशत छुट पाउने छन्। बैंकका कर्मचारीलाई भने उक्त उपचारहरूमा थप १ प्रतिशत र अरू जुनसुकै सेवामा थप २ प्रतिशत छुट व्यवस्था भएको छ।

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार भईसकेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्