Monday, July 14Nepal News Portal
Shadow

कुमारी बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं। कुमारी बैंकले ३ लाख ३४ हजार कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

सो सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिइएको छ। इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन्।

आवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने सर्त पनि राखिएको छ। म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा कम्पनीमा बिक्री गरिने पनि बैंकले जानकारी दिईएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्