काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार (आज) १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार (आज) २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।