Wednesday, February 12Nepal News Portal
Shadow

सम्पन्न भयो टाटाको तीन दिने मेगा सर्भिस क्याम्प


काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सञ्चालन गरेको तीन दिने मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा १० देखि १२ पुससम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड सेवा केन्द्रमा क्याम्पस सञ्चालन भएको थियो भने उपत्यका बाहिरका ९ स्थानका सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन भएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, सर्रा, धनगढी र नेपालगञ्जका सेवाकेन्द्रमा क्याम्प सञ्चालन भएको कम्पनीले जानकारी दिएको छ ।

यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले परीक्षण एवं मर्मत सम्भार गरिएको कम्पनीले जनाएको छ । यस क्रममा १ हजार ५३३ जना ग्राहकको सहभागिता रहेको थियो ।गाडी परीक्षण गराउने ग्राहकहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशस् १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक(अप, ब्याट्री र इलेक्ट्रिकल चेक(अपको सुविधा पनि निशुल्क प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्