Sunday, October 13Nepal News Portal
Shadow

काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार होडिङ बोर्ड हटायो


काठमाडौं। काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड हटाई सकेको छ । तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड लगाएपछि होडिङ बोर्ड हटाइएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको भएता पनि तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जानकारी दिएको छ ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रति वर्गफिट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्ने छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्