Thursday, December 5Nepal News Portal
Shadow

बिहीबार पनि नेप्से परिसूचक स्थिर


काठमाडौं । आज साताको अन्तिम दिन अर्थात् बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ।

गत कारोबार दिन २१८३ बिन्दुमा पुगेर बन्द भएको सेयर बजार आज पनि सोही बिन्दुमा बन्द भएको हो।

बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २५४ वटा धितोपत्रको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको हो।

यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ४२० रुपैयाँ २० पैसा, एक हजार १९७ रुपैयाँ ९० पैसा र ४८६ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा समृद्धि फाइनान्स रहेको छ।

उक्त कम्पनीको सेयर मूल्य ७.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ।

यस्तै, सप्तकोशी डेभलपमेण्टको सेयर मूल्य ४.५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २६९.३० रुपैयाँमा झरेको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री समृद्धि फाइनान्सको भएको छ।

यस दिन उक्त कम्पनीको ३४५ रुपैयाँमा ९ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५६८ रुपैयाँमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्