काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।