Thursday, April 17Nepal News Portal
Shadow

भन्सार छलेर सुन ल्याएको आरोपमा दुईजना पक्राउ


काठमाडौं, १५ मंसिर (ससं)। भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला परेको थियो।

थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाल ेबताएको छ।

प्रहरीले आइतबार उक्त ज्वेलर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्