काठमाडौं । अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको छ।
माघ २०७५ मा (सीईओ) नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै (सीईओ) मा तेहेरिएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।
एउटा बैंकमा २ कार्यकालभन्दा बढी (सीईओ) हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् ।
सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव हासिल गरेका हुन् ।