काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्त सञ्चालक समितिको (विहिबार) माघ १२ गते साँझ बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो ।