Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
६ महिनामा भित्रिए १४ अर्ब बराबरको मोबाइल फोन – Udhyognews.com
Sunday, March 16Nepal News Portal
Shadow

६ महिनामा भित्रिए १४ अर्ब बराबरको मोबाइल फोन


काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो छ महिनामा १४ अर्ब ३२ करोड २९ लाख ६८ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म उक्त मूल्य बराबरको २३ लाख ७ हजार ४७० मोबाइल फोन नेपाल भित्रिएका हुन्। यी मोबाइलबाट सरकारले २ अर्ब ६३ करोड ३६ लाख १० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।

कूल भित्रिएका मोबाइल फोनमध्ये १३ अर्ब ९८ लाख ८८ हजार रूपैयाँ बरारबरको ८ लाख ९५ हजार ५७९ स्मार्ट फोन रहेका छन्। त्यस्तै १ अर्ब ३१ करोड ३० लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ११ हजार ८९१ बार फोन रहेको छन्।

सरकारले गत वैशाखदेखि यही मंसिर २९ गतेसम्म महँगा मोबाइल आयातमा प्रतिबन्ध लगाएको थियो। सोही कारणले यो बीचमा स्मार्ट फोनको तुलनामा बारफोन बढी मात्रामा भित्रिएको देखिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा नेपालमा विभिन्न ५८ वटा देशबाट मोबाइल आयात भएका छन्। जसमा चीन र भारतबाट सबैभन्दा बढी मोबाइल भित्रिएका छन्। छ महिनाको अवधिमा चीनबाट ८ अर्ब ९४ करोड ७३ हजार ६१ लाख बराबरको ६ लाख ३७ हजार ६४८ स्मार्टफोन नेपाल भित्रिएका छन्।

त्यस्तै भारतबाट ३ अर्ब ५९ करोड ८७ लाख बराबरको २ लाख ५० हजार २६१ स्मार्ट फोन नेपाल भित्रिएका छन्। बारफोन पनि चीन र भारतबाट नै सबैभन्दा बढी आयात भएको देखिन्छ। यही अवधिमा चीनबाट १ अर्ब १० करोड ७६ लाख ७९ हजार रूपैयाँको १२ लाख ६५ हजार २९४ बारफोन नेपाल भित्रिएको देखिन्छ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएको थियो। १२ महिनामा भन्सार विभागले मोबइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल गरेको थियो।

त्यसअघि २०७७/७८ मा ३६ अर्ब ९० करोड ४५ लाख मूल्यको ७० लाख ३० हजार ३६६ मोबाइल सेट नेपालमा आयात भएको थिए। यसबाट नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी राजस्वबाट आम्दानी गरेको थियो। चालू आर्थिक वर्षको पहिलो छ महिनाको तथ्यांकलाई हेर्दा विगतका वर्षमा भन्दा यस वर्ष मोबाइल आयात कम हुने देखिन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्