Wednesday, November 19Nepal News Portal
Shadow

करिब चार घण्टापछि समाधान भयो सरकारी वेबसाइटको समस्या


काठमाडौं । सरकारी वेबसाइटमा देखिएको समस्या समाधान भएको छ। उक्त समस्या चार घण्टादेखि आएको थियो ।

दिउसो १ बजेदेखि सरकारी वेबसाइटमा समस्या देखिँदा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नै प्रभावित भएको हुदाँ अध्यागमन विभागको सर्भर डाउन हुँदा यात्रुको बिचल्ली भएको थियो।

फायरवालमा समस्या देखिएको र अहिले त्यसको समाधान भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रमुख प्रदीप शर्माले जानकारी दिएका हुन्।

शर्माले भने हामीले अहिले सबै समस्या समाधान गरेका छौं। सबै सेवा पूर्ववत अवस्थामा सञ्चालन भएका छन्।

समस्या समाधान नहुँदा आधा घण्टा पहिले अध्यागमनले म्यानुअल विधिबाट काम सुरु गरेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्