Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेप्सेमा उच्च अंकको गिरावट – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार (आज) उच्च अंकले घटेको छ । आज नेप्से ४१.०१ अंकले घटेर २ हजार १ सय २७.५२ विन्दुमा बन्द भएको हो । त्यस्तै, शेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार (आज) कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ र २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आज युनाइटेड इदी मोर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्