Tuesday, March 18Nepal News Portal
Shadow

बुधबारदेखि आयोडिनयुक्त नुनको प्रवर्द्धनका लागि एक महिने अभियान सञ्चालन हुने


काठमाडौं । आयोडिनयुक्त नूनको प्रवर्द्धन तथा प्रयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चेतनामुलक गतिविधि हुने भएको छ।

फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतीसम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा एक महिना चेतानामूलक गतिविधि गर्न लागिएको हो।

यही माघ १८ गते देखि १ महिना ‘आयोडिन मन्थ’का रुपमा मनाउन लागिएको यूनिभर्सल साल्ट आयोडाइजेशन अर्गनाइजेसनले जनाएको छ।

नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिँदै आएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री वितरण, प्रदर्शनी कक्षास्टल० राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ।

सरकारले विगत ५९ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लि लाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेबारी दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्