Monday, February 10Nepal News Portal
Shadow

बच्‍चा जन्मिएपछि मात्र खुल्यो बालिकामाथिको बलात्कार घटनाको रहस्य


काठमाडौं, १६ मंसिर (ससं)। ओखलढुंगामा बच्चा जन्मिएपछि मात्र एक बालिकामाथिको बलात्कारको घटना सार्वजनिक भएको छ।

पेट लगातार दुख्न थालेपछि आमाले छोरीलाई उपचारका लागि अस्पताल लैजान पतिसँग भनिन् । र ती बालिकालाई बुबाले रामेछापको मन्थलीमा रहेको तामाकोशी सामुदायिक अस्पताल पुर्‍याए।छोरीलाई गानो या पथ्थरीया भएको बाबुको शंका थियो। तर, ती बालिकाले छोरीलाई जन्म दिएपछि बाबु अचम्ममा परे। त्यसपछि मात्र छोरीले २८ फागुन २०७६ मा कोठामा आएका एक पुरुषको नाम लिइन्।

बुबाको जाहेरीपछि प्रहरीले चम्पादेवी गाउँपालिका २ घर भएका २९ वर्षीय वीरबहादुर मगरलाई हिजो बेलुका पक्राउ गरेको गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका मगरविरुद्ध जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्