Friday, March 14Nepal News Portal
Shadow

अर्थमन्त्री पौडेलका अनुसार बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने


काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् ।

उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताएका छन् । उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारका लागि त्यति मात्रैले नपुग्ने बताएका हुन्।

मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको बताएका छन् । आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरूको चाङलाई विस्तारै कम गर्दै लैजाने  बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्