Sunday, April 13Nepal News Portal
Shadow

काठमाडौंमा ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ


काठमाडौं । ९ किलो सुनसहित एक क्यानडेली नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ गरेको छ ।

उनी दुबईबाट नेपाल आएका एक नागरिक थिए । बुधबार राति १२ बजे आएको जहाजमा उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी फ्लाई दुबईमार्फत नेपाल आएका थिए । ३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्