Monday, February 10Nepal News Portal
Shadow

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । बिहीबार सुनको मूल्यले फेरि नया रेकर्ड राखेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।

उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्