Sunday, April 13Nepal News Portal
Shadow

नेपाल भ्रमणमा आउँदै मलेसियाका गृहमन्त्री इस्माइल


काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउने भएका छन् । उनी (आज) साँझ ७ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्