Thursday, January 23Nepal News Portal
Shadow

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार सामान्य अंकले सुधार देखिएको बजार आज फेरी घटेको हो ।

बिहिबार २२.१२ विन्दुले बजार घटेर नेप्से इण्डेक्ड दुई हजार ९४.५४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ६४ लाख बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय २८ दशमलव ९० रुपैयाँ पुगेको छ ।

आज सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स र रिडी पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्