Tuesday, March 18Nepal News Portal
Shadow

नेपाली मुद्राका प्रवर्तक तथा हिमालयन बैंकका संस्थापक राणाको निधन


काठमाडौं। नेपाली मुद्राका प्रवर्तक तथा हिमालयन बैंकका संस्थापक नेपालको आर्थिक संस्थाहरूको आधुनिकीकरणका प्रणेता मानिने पहिलो गभर्नर, पहिलो अर्थसचिव, हिमालयशमशेर राणाको आइतबार (आज) बिहान ९६ वर्षको उमेरमा निधन भएको छ।

हिमालयशमशेर जंगबहादुर राणा नेपालका बैंकर तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर थिए । यिनी अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर रहेका थिए। उनले पछि हिमालयन बैंक लिमिटेड नामको बैंक खोलेका छन् जुन नेपालको (क) वर्गको बैंकमा गनिन्छ।

हिमालयशमशेर राणा प्रधानमन्त्री श्री ३ देवशमशेरका नाति हुन् । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएका थिए। उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रमा नै थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्