काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापुँजीको १८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैठकले १५ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले लाभांश प्राप्त गर्नेछन् । हाल यो कम्पनीको चुक्तापुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको छ ।