Tuesday, June 25Nepal News Portal
Shadow

बढ्यो सुनको भाउ , प्रतितोला कति ?


काठमाडौं । सोमबार (आज) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार (आज) प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्