Sunday, March 16Nepal News Portal
Shadow

उपकार लघुवित्तको लाभांश कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् ?


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकी सकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ४ गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको हो।

जस अनुसार फागुन ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा फागुन १८ गते बिहिबार हुने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६१.७५ % बोनस शेयर र कर परियोजनका लागि ३।२५ प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगमी साधारणसभाबाट अनुमोदन भएका शेयरधनीहरुले मात्र पाउनेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्