Monday, March 17Nepal News Portal
Shadow

बोर्ड अध्यक्ष हमालले भने मेरो एउटा गल्ती भेट्टाए टुँडिखेलमा लगेर झुण्ड्याउनु होला


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफूले कुनै पनि गल्ती गरेको प्रमाणित भए टुँडिखेलमा लगेर झुण्ड्याउन अनुरोध गरेका छन् । सेबोनद्वारा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका थिए।

उनले आफूले नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको प्रष्ट पारेका छन् । मैले म माथि चरित्र हत्या गर्न खोजिएको भन्ने कुरा त प्रेस वक्तव्यबाटै बताइसकेको छु, उनले भने । मेरो मान्यता के हो भने चाहे त्यो नागरिकता सबाल होस् वा कुनै अनियमितताको कुरा होस् । कानुन विपरित मैले केही काम गरेको छैन । म अहिले ५५ वर्ष पुरा भएर ५६ वर्षमा हिँडिरहेको छु । यो अवधिमा मेरा एउटा कुनै गल्ती भेटाएमा मलाई टुँडिखेलमा लगेर झुण्ड्याउनु होला ।

उनले आजै मात्र पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएका समाचारहरूको स्पष्टिकरण दिँदै एक प्रेस वक्तव्य सार्ववजनिक गरेका थिए । उनले आफूमाथिका आरोप निराधार र कपोकल्पित भएको बताएका छन् । आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा समाचार प्रकाशन भएको उनले बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्