काठमाडौं, १७ मंसिर (ससं) । अहिलेको समयमा निकै चिसो बढिरहेको हुदाँ हामीले कपडा लगाउँदा बिशेष ध्यान दिनु पर्दछ ।न्याना न्याना पहिरनले शरीरलाई चिसोबाट जोगाउँछन् । त्यसैले जाडोमा न्याना पहिरन लगाउनुनै राम्रो हुन्छ ।
जाडोका लागि कस्ता फेब्रिक छनोट गर्नुपर्ला ?
जाडोका लागि बजारमा विभिन्न फेब्रिक उपलब्ध छन् । फलाटिन तथा ढाका उपयोगी मानिन्छ । त्यसमा पनि जाडोका लागि ढाका सबैभन्दा उपयोगी हुन्छ ।
ढाकाका पहिरन प्रयोग गर्दा के फाइदा हुन्छ ?
ढाका प्रयोग गर्दा नेपाली उत्पादन स्वदेशमै खपत हुन्छ । ढाका निकै तातो हुन्छ । अहिले विभिन्न शैलीका पहिरन ढाकाद्वारा तयार गरिन्छ । ढाकाको पहिरन सबैलाई सुहाउँछ र शरीरमा कुनै किसिमको एलर्जी पनि हुँदैन ।
बजारमा ढाकाका कुन–कुन पहिरन उपलब्ध हुन्छन् ?
अहिले विशेषगरी ढाकाका पछ्यौरा, साडी, गलबन्दी, स्कार्फ एवं पन्चु आदि लोकप्रिय छन् । अर्डरअनुसार अहिले अरु फेब्रिकजस्तै ढाकाका विविध परिधान उपलब्ध छन् ।