Sunday, March 16Nepal News Portal
Shadow

आशा लघुवित्तले २१.०५२६ % बोनस सेयर दिने


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१.०५२६% लाभँंश दिने भएको छ ।

२३ माघ सोमबार (हिजो) बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ % नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्