Thursday, March 20Nepal News Portal
Shadow

एनएमबि बैंकले ल्यायो नयाँ क्रेडिट कार्ड किस्ता सेवा


काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाई’ लन्च गरेको छ । यसले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने छ ।

ग्राहकले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्नेछन् । यसको ब्याजदर भने न्यूनतम तोकिएको बैंकले जानाकारी दिएको छ ।

इन्स्टा बाईमार्फत अस्पतालको बिल, होटेलको बिल, रेस्टुरेन्टको बिल र अरू सेवाहरूको भुक्तानी पनि इएमईमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा ठूला खरिदहरूका लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने बैंकले जानाकारी दिएको छ।

यो सुविधा प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी, प्रडक्ट एन्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानलअन्तर्गत इन्स्टा बाई चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्ने हुन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्