Monday, June 17Nepal News Portal
Shadow

आज नेप्सेमा उच्च अंकको वृद्दि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्दि भएको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार एक सय ७७. ३४ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ४.५७ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब ८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १०%ले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ %भन्दा बढिले बढेको छ ।

Total Page Visits: 202 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्