Friday, January 24Nepal News Portal
Shadow

नर्भिकमा सुगरका बिरामीले निःशुल्क जाँच सेवा पाउने


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर) का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।

अस्पतालले आगामी फागुन ७ गते मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जानकारी दिएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।

अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्