काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई चैत ४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरेर बाँडफाँडपछि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्सकान गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसेकेको छ । त्यस्तै कम्पनीले समुहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कार्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ ।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम आठ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उन्क्त आईपीओ प्राप्त गर्न लगानीकर्ताले चैत ४ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओका लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले तयार गरेको मेरो सेयर सम्बन्धी वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन गर्न लागेको यस कम्पनीको इक्रा नेपालले इक्रा एनपी–आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको माध्ययम जोखिम रहेको बुझाउनछ ।
यो कम्पनीले मोलुङ खोला जलविद्युत आयोजनाबाट ७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेको विद्युत ३३ के.भि. प्रशारण लाइनमा २०७४ चैत १२ गतेदेखि जडान भएको बताइएको छ । यो विद्युत् उत्पादनको कुल लागत एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।